जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा समसामयिक विषयमा छलफल गर्न भन्दै बैठक बोलाईएको छ ।
कार्यकारिणी समितिको बहुमतले महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही निर्वाचन आयोगले मान्यता नदिएपछि बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय हुने कार्यकारिणी समिति सदस्य प्रदीप यादवले जानकारी दिए । बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने उनको भनाइ छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यसअघि नै बताउँदै आएका छन् ।