logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राहत वितरणका लागि नेपाल समूहको अनेरास्ववियु टोली हेलम्बू जाँदै


अंकुरण खबर
975
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन राहत वितरणका लागि हेलम्बू गएको छ ।

बाढी पहिरोको चपेटामा परेका हलेम्बू गाउँपालिकामा राहत वितरण गर्न अनेरास्ववियुको टोली त्यसतर्फ गएको हो ।

मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान गएको अनेरास्ववियुकि नेतृ आरती लामाले बताइन् ।

राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिएका छन् । उनले बेसाहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गरे । अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएकोमा धन्यवाद व्यक्त गरे ।

बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरीने अनेरास्ववियुले जानकारी दिएको छ ।