गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार प्रदेशसभामा भएको विश्वासको मतदानमा ३१ जनाले मुख्यमन्त्री पोखरेलको पक्षमा मतदान गरे भने विपक्षमा २७ सांसदले मतदान गरेका छन् ।
प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत छ । ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ ।