logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै खेलमा ४ गोल खाने पोर्चुगल पहिलो ‘डिफेन्डिङ च्याम्पियन’


अंकुरण खबर
871
Shares

क्रिष्टियानो रोनाल्डोको पोर्चुगल युरोपियन च्याम्पियनसिपको एकै खेलमा चार गोल खाने पहिलो साबिक विजेता टिम बन्यो।

२०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले गएराति जर्मनीलाई ४–२ को नतिजा सुम्पियो।

प्रतियोगिताको इतिहासमा साविक विजेताले एकै खेलमा चार गोल खाएको थिएन। पोर्चुगलले दुई आत्मघाती गोल गर्‍यो।

यससँगै पोर्चुगल विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम बन्यो। एजेन्सी