logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोकियो ओलम्पिकका लागि जापान गएका युगान्डाका एक जनालाई कोरोना


अंकुरण खबर
650
Shares

टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान गएका युगान्डा टिमका एक जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

जापान पुगेपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ओलम्पिकका लागि युगान्डाका ९ सदस्यीय टिम जापान पुगेका थिए । सङ्क्रमित व्यक्तिको परिचय गोप्य राखिएको छ ।

उनीहरु कोरोनाको पूर्ण खोप लगाएर जापान गएको भनिएको छ । टोकियो ओलम्पिक आउँदो जुलाई २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ । कोरोना महामारीका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिताका केही खेल भने जुलाई २१ तारिखदेखि नै सुरु हुनेछ ।

कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिकको आलोचना भइरहेको छ । तर, ओलम्पिक समितिले र जापान सरकारले सुरक्षित तरिकाले खेल आयोजना गर्ने बताउँदै आएका छन् ।