logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३७९ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ७९ कोरोना संक्रमित फेला परेका छन् ।

विभिन्न प्रयोगशालाहरुमा पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा तीन जिल्लामा गरी ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंका २ सय ८५ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । मन्त्रालयका अनुसार आज ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । भने ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।