logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोपा अमेरिका: उरुग्वे र चिली बराबरीमा


अंकुरण खबर
715
Shares

कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले बराबरी खेलेका छन्।

आज विहान भएको खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका हुन्। समूह एमा रहेका दुई टोलीले एक एकको बरारीमा रोकिएका हुन्।

चिलीका लागि खेलको २६ औँ मिनेटमा इडुड्रो भड्रासले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अग्रता लिएको चिलीले दोस्रो हाफको ६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गर्दै उरुग्वेलाई बराबरी ल्याउने अवसर दियो।

त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन। समूह ए मा रहेको चिलीको ३ खेलबाट पाँच अंक भएको छ। भने उरुग्वेको तीन खेलबाट एक अंक छ।

प्रतियोगिता अन्तरगत अहिले अर्जेन्टिना र पाराग्वेबीचको खेल जारी छ। पहिलो हाफ सकिँदा अर्जेन्टिना एक शून्यले अगाडि रहेको छ।