काठमाडौं उपत्यकामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ३१० जना, ललितपुरका ९९ जना र भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।