logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाराजगञ्जमा विमलेन्द्र, शशांक र प्रकाशमान छलफलमा


अंकुरण खबर
1.378K
Shares

आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो ।

यसअघि यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।