logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने


अंकुरण खबर
1.599K
Shares

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ गते (शनिबार) देखि दोस्रो डाज लगाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसअन्तर्गत गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिइनेछ।

बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सुचना दिएको हो। खोप लगाउनका लागि यसअघि खोप लगाउँदाको कार्ड अनिवार्य ल्याउनुपर्ने उक्त विज्ञप्तीमा उल्लेख छ।

विगत खोप अभियानको अनुभव र आवश्यकताको आधारमा खोपकेन्द्र र जनशक्ति परिचालनको व्यवस्था गरी सकेसम्म छोटो अवधिमा अभियान सम्पन्न गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन समेत दिईसकेको मन्त्रालयले जनाएको छ ।