logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक जारी


अंकुरण खबर
676
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद विस्तारविरूद्धको सर्वोच्च अदालतको आदेश, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे छलफल एवं समीक्षा भइरहेको जनाइएको छ ।

आजको बैठकमा पनि नेपाल पक्षधर कोही पनि नेता सहभागी छैनन् । पार्टी विवाद हल गर्ने प्रयत्नस्वरूप पटक/पटक स्थगित गरिएको बैठक आज बसेको हो ।