नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरू भेटघाट र छलफलको दौडधुप गरि रहेका छन् ।
प्रकाशमान निवासमा विमलेन्द्र र शशांकसहितको ‘लञ्च मिटिङ’ मा नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।
कांग्रेसभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका नेताहरुबीच अधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल गर्नका लागि मंगलबार प्रकाशमान निवासमा आन्तरीक छलफलमा जुटेका हुन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला ‘लञ्ज मिटिङ’ मा बसेका नेताहरू निकट स्रोतले बतायो ।
अधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा यसअघि दुईपटक नेतात्रयबीच छलफल भइसकेको छ ।