logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै


अंकुरण खबर
611
Shares

पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बिहान ११ बजे बस्ने बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। साथै एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी पनि गरेको छ ।

तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई भने निरन्तरता दिन लागेको हो ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएन।

तर अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ।

तर यो निर्णयलाई नेपाल पक्षका नेताहरुले भने छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिएका छन्।