logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ५७२ जना कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ४३६ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ ।