logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको नेपाल-खनाल समूहको स्थायी समिति बैठक बस्दै


अंकुरण खबर
585
Shares

नेकपा एमालेको नेपाल–खनाल समूहको स्थायी समिति बैठक आज (बिहिबार) बस्दैछ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेको संस्थापन पक्षले शुक्रबार २०७४ जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक बोलाएपछि यसबारे संस्थागत धारणा तय गर्न नेपाल–खनाल समूहको बैठक बस्न लागेको हो ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीका अनुसार अध्यक्ष केपी ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ को फागुन २८ कै अवस्थासम्म पु¥याएका छन् ।

अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल–खनाल समूहमा असन्तुष्टि छ ।

ज्ञवालीका अनुसार अवैध कमिटीबाट सदस्य थपेर पार्टी संरचना फागुन २८ कै परिस्थितिमा पु¥याएकाले भोलिको केन्द्रीय कमिटी बैठकमा जाने सम्भावना छैन ।

तथापि यसबारे आजको स्थायी कमिटी बैठकमार्फत अपराह्नसम्म संस्थागत धारणा सार्वजनिक गरिने उनले बताए ।

ओलीले पटक–पटक धोका दिएकाले दुबै पक्ष बसेर सहमति कायम गर्दै प्याकेजमै अघि बढेमात्रै सहमति हुन सक्ने नेता विरोध खतिवडाले बताए ।