हिजो (बुधबार) एमाले दसौं महाधिवेशन कमिटीको अन्तिम बैठकसँगै ब्युँताइएको केन्द्रीय कमिटीको बैठक भोलि (शुक्रबार) बस्दैछ।
बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा सहभागी हुन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित विगतमा कारबाही गरिएका सबैलाई पत्र पठाइएको छ।
यसअघिका प्रायः बैठकमा नेपाल समूहका नेतालाई बोलाएको थिएन। दसौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएसँगै ११ जनामाथि गरिएको कारबाही पनि निष्प्रभावी बनेको बताइएको थियो।
ती सबै नेताहरूलाई इमेल गरेर बैठकबारे जानकारी दिइएको र टेलिफोनबाट पनि खबर गर्न लागिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बुधबारको बैठकमा भने कारबाही गरिएका ११ जनालाई बोलाइएको थिएन। नेपाल समूहका अन्य नेता पनि सो बैठकमा उपस्थित भएका थिएनन्।