नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
आज बालुवाटारमा बोलाइएको बैठकमा गौतम पनि सहभागी हुन लागेका हुन् ।
गौतमका स्वकीयसचिव दीपक टमटाले गौतम बैठकमा सहभागी हुने जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । यद्यपि एमालेको खनाल–नेपाल समूह भने बैठकमा सहभागी नहुने भएको छ ।