logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.313K
Shares

खोप उत्पादक मुलुकहरूसँग कूटनीतिक पहलद्वारा कोरोनाविरुद्धको खोप ल्याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब कोरोना खोपको समस्या नहुने जिकिर गरे । उनले भने, ‘पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

सरकारलाई असफल देखाउन केही दलका नेताहरुले ‘अहिले कोरोना खोप नदेऊ र हाम्रो सरकार आएपछि दिनू’ भनेर लबिङ गरिरहेको आरोप पनि उनले लगाए।