logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वरिष्ठ नेता नेपालसँग छलफल गर्न पौडेल र नेम्वाङ पुगे कोटेश्वर


अंकुरण खबर
689
Shares

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु र वरिष्ठ मावधकुमार नेपालबीच छलफल भएको छ ।

ओली पक्षका नेताहरु नेपाललाई भेट्न आज विहान उनको निवास कोटेवश्वर पुगेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन नेता विष्णु पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । उनीहरुबीच अहिले छलफल चलिरहेको एक नेताले बताए।

शनिबार ओली र नेपालबीच फोन संवाद भएको थियो। तर दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन। ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने अडान राखेका थिए ।

ओली पक्षले डाकेको शुक्रबार र शनिबारको केन्द्रीय कमिटी बैठक नै अवैधानिक रहेको भन्दै नेपाल पक्षले बहिस्कार गरेको थियो । दुवै पक्षका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा जुट्दै आएपनि कुनै सहमति बन्न सकेको छैन।