काठमाडौं उपत्यकामा थप ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७८ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जनालाई संक्रमण पुष्टि भएको हो ।
हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन्।
यसैगरी, काठमाडौंमा ५०९१, भक्तपुरमा १०४५ र ललितपुरमा १५८७ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा देशभर २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ ।