logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा


अंकुरण खबर
1.859K
Shares

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ।

ब्राजिलको ओलम्पिक रंगशालामा भर्खरै सम्पन्न खेलमा उसले पेरुलाई १-० गोलले हराएको हो।

जिसका लागि लुकास पकेटाले एकमात्र गोल गरे। खेलको ३५औं मिनटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै पकेटाले गोल गरेका थिए।

खेल अवधिभर ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले विपक्षीको पोस्टतर्फ १५ प्रहार गरेको थियो। जसमा एकबाहेकका सारा प्रयास नकाम रहेका थिए। यद्यपी ब्राजिलले खेलभरी दबाब राख्न सफल भयो।

यता पेरुले ब्राजिलको पोस्टतर्फ गरेको सातै प्रयास सार्थक रहेनन्। समूह चरणमा पनि समूह बीमा रहेका यि दुई टिमबीचको खेलमा ब्राजिलले ४-० गोलको जित निकालेको थियो।

आजको हारसँगै पेरु भने कोपा अमेरिकाबाट बाहिरिएको छ। भोलि बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।