नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक स्थगित भएको छ ।
मध्यान्न १२ बजेपछि सुरु भएको बैठक केही बेर बसेर आजै साँझ सम्मका लागि स्थगित भएको हो ।
बैठक अब बेलुकी ७ बजे बस्ने कार्यदल नेता सुवास नेम्वाङले जानकारी दिए । यसबीचमा पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने उनले बताए ।
यसअघि आज बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो । उक्त वार्तापछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
रावल कोटेश्वरबाट फर्केपछि सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो ।