logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा फेरि अवरुद्ध


अंकुरण खबर
1.378K
Shares

नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरुद्ध गरेको छ ।

सरकारमा रहेका एमालेका तीन जना मन्त्री सरकारबाट फिर्ता नहुन्जेल प्रदेशसभा बैठक चल्न नदिने भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।

बैठकमा बोल्दै एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले अल्पमतले बहुमतमाथि शासन गर्न नमिल्ने भन्दै कानुनको पालना गर्नुपर्ने भन्दै प्रदेश सरकारको विरोध गरेका थिए ।

उनले लोकतान्त्रीक व्यवस्थामा लोकतन्त्र विरोधी काम प्रदेश सरकारले आरोप लगाए । उनले एमालेले प्रदेशसभामा राखेको कुराको सम्बोधन नगरुन्जेल प्रदेशसभाको बैठक चल्न नसक्ने बताए ।

अर्को बैठक यही असार २७ गते बस्ने गरी स्थगित भएको छ ।