logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अध्यक्षबाट ओली हट्नुपर्छ अनि मात्रै एकता सम्भव : झाँक्री


अंकुरण खबर
728
Shares

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन कार्यदलले सहमतिको प्रयाश गरिरहेको छ।

बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष सकिएपछि नेपाल पक्षीय नेता घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति नभएको बताएका थिए।

यसैबीच, नेपाल पक्षकै नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पदबाट हट्ने सर्तमा मात्रै एकता कायम हुने बताएकी छन्।

एक टेलिभिजन कार्यक्रममा उनले भनेकी छन्, ‘उहाँ अध्यक्षबाट हट्ने सर्तमा पार्टी एकता गर्नुपर्छ, अन्यथा एकता सम्भव छैन।’

अहिलेकै प्रवृत्ति र रबैया यथावत् राखेर पार्टी एकता हुन नसक्ने उनको जिकिर छ। नेतृ झाँक्रीले ओलीको जालझेलबाट बच्नुपर्ने सुझाव समे नेपाल पक्षलाई दिएकी छन्।