logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको कार्यदलले तयार पारेको मस्यौदाको शब्दमा वरिष्ठ नेता नेपालको असहमति


अंकुरण खबर
1.3K
Shares

नेकपा एमालेका वरिष्ठ नेता मावधुमार नेपालले एकताका लागि कार्यदलले तयार पारेको मस्यौदा अस्वीकार गरेका छन् ।

मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेपालले फिर्ता पठाएका हुन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए ।

नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि कार्यदलका सदस्यहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।