खेलकुद

रोनाल्डोले जिते गोल्डेन बुट

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् ।

पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन् ।

बिहान सकिएको युरो कपको उपाधि इटलीले जितेको छ । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यस अघि इटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।

Comment here