logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबैलाई बधाई : नारायणकाजी श्रेष्ठ


अंकुरण खबर
754
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गरेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुगेको बताएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि श्रेष्ठले फैसलाको स्वागत गरेका हुन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको बिरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’