नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा कतैबाटा बाधा पुर्याउन नहुने बताएका छन् ।
उनले घमण्ड र अहंकारले फैसला कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कसैले पनि नगरुन भन्ने अपेक्षा राखेका हुन् ।
सामाजिक सञ्जालमार्फत थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सवोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको उल्लेख गरेका छन् । उनले अदालतको आदेश मन नपरे असहमत हुन पाइने तर अस्वीकार गर्न नमिल्ने बताए ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन’ नेता थापा लेखेका छन्, ‘ उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं।नत्र भिरबाट खस्नेलाई रामराम।’