logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धन वैठक अघि दाहाल र नेपालबीच कोटेश्वरमा भेटवार्ता


अंकुरण खबर
1.131K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन् ।

दुई नेतबीच अहिले कोटेश्वरमा भेटवार्ता जारी रहेको बताइएको छ । सोमवार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक बूढानिलकण्ठमा बोलाइएको छ । यस्तै नेकपा एमालेको ओली पक्षको स्थायी कमिटी बैठक पनि पाँच बजे नै बस्दैछ । बैठकअघि नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल कोटेश्वर पुगेका हुन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुर्नस्थापनाको फैसलासँगै १४६ जना सांसदहरुको रिटमा मागदाबी अनुसार कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ। दुई नेताबीच अबको रणनीति र कार्यदिशाबारे छलफल भैरहेको बताइएको छ ।