logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको आदेशविरुद्ध बुटवलमा ओली समर्थकको प्रदर्शन


अंकुरण खबर
741
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन् ।

सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहमा जम्मा भएर युवा संघ र अनेरास्ववियूका नेता९कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

युवा संघ जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा प्रदर्शनमा उत्रिएको बताए । ‘गैरसंवैधानिक परमादेशु खारेज गर्न माग गर्दै ओली समर्थकले प्रदर्शन गरेका थिए ।