पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा २९४ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ६९ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।