गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को बजेट पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बुधबार प्रदेशसभाले बजेट पारित गरेको हो ।
प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । सांसदहरुले विभिन्न १० बुँदे माग अघि सार्दै प्रदेश सभा बैठक अवरुद्ध पारेका थिए । केही सांसदले टेबल फाल्दै बैठक नै बहिस्कार गरेका थिए ।
आफूहरुका माग बजेटमा समावेश नगरिएको भन्दै एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । उनीहरुले बुधवार मात्र चारपटक संसद् बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षी दलको अवरोधकाबीच बजेट बजेट पारित गरिएको छ ।
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका थिए ।