logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाले बोलाए पार्टी पदाधिकारी बैठक


अंकुरण खबर
1.287K
Shares

प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापित शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे बोलाइएको बैठकमा सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

कांग्रेस क्रियाशील सदस्यताको छानबिन असार २० गते सक्ने समयसीमा तोकिएको थियो । तर समितिले​ अझै काम पूरा गर्न सकेको छैन ।

छानबिन समितिले टुंग्याएको क्रियाशील सदस्यता असार मसान्तसम्ममा सभापति देउवाबाट प्रमाणित गर्ने कार्यतालिका थियो । यसै विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंंका हुँदैछ ।