logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेपत्ता र सत्यनिरुपण आयोगको म्याद थप गर्ने सरकारको निर्णय


अंकुरण खबर
1.781K
Shares

सरकारले बेपत्ता व्यक्तिहरूको छानबिन गर्न बनेको आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए। दुवै आयोगका पदाधिकारीको म्याद १ वर्ष थप भएको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बेलाउन सिफारिस गरेको छ।

‘साउन ३ गते सदन बोलाउन सिफारिस गर्ने निर्णय भएको छ,’ खाँडले भने। सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो। सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हो।