जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
संघीय संसद् भवनमा प्रधानमन्त्री देउवासँग केहीबेरअघि भएको वार्तापछि विश्वासको मत दिन उक्त पक्ष सहमत भएको हो ।
त्यससँगै जसपाका सबै ३२ जना सांसदले नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निश्चित भएको एक सांसदले जानकारी दिए ।
आफ्ना सांसद धमाधम उपेन्द्र यादव समूहमा खुल्न थालेपछि महन्थ-राजेन्द्र समूहले पनि विश्वासको मतको पक्षमा उभिने निर्णय लिएको ती सांसदले बताए।