logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् बैठकमा महन्थ ठाकुरले भने- देउवालाई विश्वासको मत दिन्छौं


अंकुरण खबर
858
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिने शेरबहादुर देउवाको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

‘उहाँ (प्रधानमन्त्री देउवा)ले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा मत दिन्छौं,’ ठाकुरले भने।

यसअघि नै जसपाको उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।