logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप खोप उपलब्ध गराउन उत्पादक देशसँग आग्रह


अंकुरण खबर
1.17K
Shares

नेपाल सरकरले खोप उत्पादक देशसँग थप खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराएका देशहरूलाई धन्यवाद दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।