logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा थप एकजना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.352K
Shares

ओखलढुंगामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका ५ वर्णालुकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ओखलढुंगा जिल्ला अस्पतालमा उपचाररत ति महिलामा बढी समस्या आएका कारण सामुदायिक अस्पताल रिफर गरिएको थियो । थप उपचाका लागि ओखलढुंगा सामुदायिक अस्पताल लादै गर्दा उनको बाटोमा मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले जानकारी दिइन् ।

एन्टिजेन बिधिबाट ती महिलामा कोरोन पुष्टि भएको थियो । हालसम्म जिल्लामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।