कोरोना विशेष

काठमाडौं उपत्यकामा थपिए ७१९ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ५३१ जना, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन् ।

योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन् । काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् भने २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

Comment here