प्रधानमन्त्री शेरबहादुर देउवाले खुमलटारस्थित निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सीता लामो समयदेखि बिमारीले थलिएकी छन् । सीतालाई भेटेर प्रधानमन्त्री देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन् ।
सीतालाई भेटेलगत्तै प्रचण्ड निवासमा देउवा, प्रचण्ड, नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।