logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ५३६ जना, भक्तपुरका ८५ जना र ललितपुरका १३० जनामा संक्रमण पुष्टि भएका हुन ।

योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।