logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता


अंकुरण खबर
1.209K
Shares

गण्डकी प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नेतृत्वमा रहेको गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रिपरिषदले आज पूर्णता पाएको हो।

नेपाली कांग्रेसबाट तीन मन्त्रीको टुंगो लागेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। कांग्रेसबाट मन्त्री थपिनेमा  कास्कीका बिन्दुकुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीमा थापाको नाम टुंगो लगाइएको छ। समानुपातिक सांसद श्रेष्ठलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइएको छ। शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका छन्।

यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सामाजिक विकास मन्त्रीका रूपमा सरकारमा सहभागी भइसकेका छन्। उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रले गत बिहीबार नै रामजी बराल (अर्थ), दीपक थापा (वन, वातावरण तथा भूसंरक्षण) र चन्द्रबहादुर बुढा (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण) लाई मन्त्री बनाउने निर्णय गरिसकेको छ।

यस्तै माओवादीको भागमा चार, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को भागमा १/१ मन्त्रालय परेको छ।

यसअघि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङले निरन्तरता पाएकी छिन्। गुरुङले पनि यसअघि नै युवा तथा खेलकुद मन्त्रालय पाएका छन्।

जसपाबाट हरिशरण आचार्यलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।