निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकताबारे निर्णय नहुँदै महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुरका तर्फबाट महोत्तरीका प्रदिपकुमार पाठकले रिट दायर गरेका हुन ।
रिटमा निर्वाचन आयोगले जसपा दर्ता हुँदा बखतका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरेर पार्टीको आधिकारिकता दिने भन्दै उपस्थितिका लागि दिएको आदेश बदर गरिदिन माग गरिएको छ ।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ का उपदफा (६) बमोजिम आगमी सोमबार बिहान ११ बजे परिचय खुल्ने नागरिकतासहित आयोगमा उपस्थित हुन अनुरोध गरिएको छ ।