logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया पहिलो चरणबाटै बाहिरिइन


अंकुरण खबर
1.495K
Shares

नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।

शनिबार बिहान भएको ४८ केजी तौल समूहमा रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी छिन्। इरिनाले सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी हुन्।

यसअघि नेपालकी खेलाडी कल्पना परियारले सुटिङले महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान कामय गरे पनि अर्को चरणमा भने प्रवेश गर्न सकिनन्।

अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला एक सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्।