पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ४२१ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३११४ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।