logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेल एक्सन स्पोर्टसले प्रसारण गर्ने


अंकुरण खबर
728
Shares

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।

साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौता हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पि. एम. कप तथा मेयरर्स कपका महिला पुरुष गरी चार प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा पनि नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

सम्झौतापछि क्रिकेटप्रमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई अझै थप उचाईमा पु¥याउने क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले बताएका छन ।