logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोक्यो ओलम्पिकमा हालसम्म चीनले जित्यो सर्वाधिक ६ स्वर्ण


अंकुरण खबर
3.406K
Shares

जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म चीनले सर्वाधिक ६ स्वर्ण जितेको छ। उसले ६ स्वर्णसहित एक रजत र चार काश्य गरी कूल ११ पदक जितेको हो।

त्यस्तै, आयोजक जापानले पाँच स्वर्ण जितेको छ। उसले पाँच स्वर्णसहित ६ पदक जितेको हो। तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाले चार स्वर्णसहित १० पकद जितिसकेको छ।

दक्षिण कोरियाले दुई स्वर्णसहित तीन काश्य गरी पाँच पदक जितेको छ। यससँगै अहिलेसम्म टोक्यो ओलम्पिकमा चीन शीर्षस्थानमा छ भने जापान, अमेरिका, कोरिया क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

त्यस्तै, एक स्वर्ण जित्ने देशहरूमा रसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, ट्युनिसिया, हंगेरी, इक्वेडर, थाइल्यान्ड, इरान, कोसाभो र अष्ट्रिया छन्।

यसमध्ये रसियाले एक स्वर्णसहित सात पदक जितेको ट भने इटालीले एक स्वर्णसहित पाँच पदन जितेको छ।