logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता


अंकुरण खबर
3.367K
Shares

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी जसपाको आधिकारिकता दिएको छ ।

सोमवार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको ५ सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारिकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको मागबमोजिम हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएको हो । ५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए ।

यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए । निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए ।