logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनलाइन गेममाथि प्रतिबन्ध लगाउन सांसद विकको माग


अंकुरण खबर
767
Shares

अनलाइन गेमको कुलतले बालबालिकाहरुमा मानसिक समस्या बढ्दै गएको भन्दै सांसद आशाकुमारी विकले यसलाई तत्कालन प्रतिबन्ध लगाउन सरकारसँग माग गरेकी छन ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा आफ्ना भनाइ राख्दै बालबालिका र किशोरकिशोरीलाई कुलतमा फसाउने यस्ता अनलाइन गेम बन्द गर्न सरकारलाई गरेकी हुन्।

‘नेपालमा इन्टरनेट प्रयोग बढ्दो छ। यो हामी सबैलाई खुशीको कुरा हो, उनले भनिन्, तर, पब्जी र फ्री फायर जस्ता खेलको कुलतमा बालबालिका पर्दै गएका छन्। यी गेमको कुलतले उनीहरु डराउने, झस्किने र जिद्दी हुने जस्ता समस्या देखिएका छन्। यस्तै रहिरहे उनीहरु मानसिक रोगी हुने डर भएको छ। त्यही कारण यस्ता अनलाइन गेम बन्द गरिनु जरुरी भएको छ।

सांसद विकले सरकारबाट यी अनलाइन गेम बन्दको पहल नभए अभिभावहरु अदालत जाने दिन आउने पनि बताइन्।