logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री  देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने


अंकुरण खबर
975
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ ।

त्यसका लागि प्रधानमन्त्री देउवाले भाइबर कम्युनिटी बनाएका हुन् । फेसबुकमा एक फोटो पोष्ट गर्दै प्रधानमन्त्री देउवाले भाइरबरमा जोइन हुनका लागि लिंक दिएका छन् ।

उक्त पोष्टमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’

साथै भेरिफाइड (ब्लु चिन्ह भएको) कम्युनिटीमा मात्रै जोइन गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री देउवा फेसबुक, ट्विटर, इन्स्टाग्राम सँगै अब भाइबरमा पनि आवद्ध भएका छन् |